February 23, 2025, 10:06 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ

माघ २३, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं,  । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।

संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणाका बारेमा छलफल हुनेछ । जुन बैठकमा दिउँसो १ः०० बजे हुनेछ ।

प्रतिक्रिया