February 23, 2025, 9:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

विपदपछिको पुनर्निर्माण पहिलो प्राथमिकतामा : मन्त्री दाहाल

माघ २२, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयका विभागीय प्रमुख एवं आयोजना प्रमुखहरूलाई मंगलबार निर्देशन दिँदै उनले बाढी पहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरी काम थाल्न निर्देशन दिएका हुन्।

‘हामीले विभिन्न माइलस्टोनहरू कायम गरेका छौं, तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला’ मन्त्री दाहालले भने, ‘अहिले सबैभन्दा बढी काम गर्ने बेला हो, यसको अधिकतम उपयोग गरी लक्ष्य हासिल तर्फ लाग्न आवश्यक छ।’

सडक एवं पुल निर्माणका लागि बाँकी ठेक्काहरूलाई लगाई सक्न सडक विभागलाई निर्देशन दिँदै उनले रूग्ण आयोजनाहरूको व्यवस्थापन तर्फ लाग्न समेत आग्रह गरे। यस्तै सवारी चालक अनुमति पत्र वितरणलाई प्रदेश स्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिए।

सम्भावनायुक्त थप नदीहरूमा पानी जहाज सञ्चालनको अध्ययनका लागि नेपाल पानी जहाज कार्यालयलाई निर्देशन दिँदै मन्त्री दाहालले समुद्रमा नेपाली पानी जहाज सञ्चालनको कानुनी व्यवस्थाका लागि मन्त्रालयले काम गरि रहेको मन्त्री दाहालले बताए। यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणका लागि समेत मन्त्रालयले काम गरी रहेको उनले जनाएका छन्।

प्रतिक्रिया