February 3, 2025, 9:04 pm
» इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए » अण्डाको मूल्य फेरी बढ्यो,मंगलबारदेखि लागु हुने » नेपालमा देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला आउँछ : नेता सिटौला » पूर्व उपराष्ट्रपतिलाई उत्पादनको जिम्मा » श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ

श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ

माघ २१, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

कोलम्बो – श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १० जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा आइतबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।

नौसेनाले डुङ्गा र माछा मार्नेहरूलाई कानुनी कारबाहीका लागि स्थानीय अधिकारीहरूलाई बुझाएको जनाएको छ ।

श्रीलङ्काको नौसेनाले सन् २०२५ मा हालसम्म ७० भन्दा बढी भारतीय मछुवाहरूलाई पक्राउ गरेको नौसेनाको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया