February 23, 2025, 10:55 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

३७ वर्षमै हृदयाघात, जिल्लाकै एक्लो मुस्लिम वडाध्यक्षको निधन

माघ २०, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

पूर्वी नवलपरासीमा हृदयाघातबाट एक जना वडाध्यक्षको ज्यान गएको छ । एमाले भ्रातृ संस्था राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखेपछि कावासोती नगरपालिका– १ का वडाध्यक्ष तवारक अहमद मियाँको हिजो निधन भएको हो ।

गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा आयोजित दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लेका उनी मेचमा बस्दै गर्दा ढलेका थिए । त्यहाँबाट तत्काल चितवन मेडिकल कलेज पुर्याइएका मियालाई चिकित्सकहरुले दिउँसो पौने ३ बजे मृत घोषणा गरेका हुन् ।

३७ वर्षको उमेरमा बितेका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । युवा संघको जिल्ला अधिवेशन स्थगित गरिएको छ । युवा संघका अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यमा भइरहेको कार्यक्रममा उनले अतिथिको रुपमा भाषण गरेर कुर्सीमा बस्ने क्रममा ढलेको बताइन्छ ।

पूर्वी नवलपरासीका ९२ वटा वडामध्ये उनी एकमात्र मुस्लिम वडाध्यक्ष हुन् । हिजो माघ १९ गते राजाले २० वर्षअघि शासनसत्ता आफ्नो हातमा लिएको दिनमा हृदयाघातबाट युवा नेताको देहान्त भएको छ ।

प्रतिक्रिया