February 23, 2025, 1:58 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै

माघ १६, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

महेन्द्रनगर (धनुषा), यहाँको मिथिला विहारी नगरपालिका-२ र ३ मा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ हुने भएको छ ।

यही माघ २५ र २६ गते उक्त उत्सवको १२औँ संस्करण हुने आयोजक समितिका संयोजक देवनारायण मण्डलले जानकारी दिनुभयो । मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजना र प्रकृतिका साथीहरू संस्थाको सहकार्यमा उक्त उत्सव हुने जनाइएको छ ।

नेपाल, अमेरिका र इटालीमा मात्र आयोजना हुने यो अन्तर्राष्ट्रिय लाटोकोसेरो उत्सवले लोपोन्मुख लाटोकोसेरो तथा हुचिल संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ ।

संयोजक मण्डलले उत्सवमा निःशुल्क प्रवेश गराइने र उत्सवको पूर्वतयारीअनुरूप विभिन्न विद्यालयमा लाटोकोसेरो संरक्षण चेतना शिविर सञ्चालन भइरहेको बताउनुभयो । उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो ।

प्रतिक्रिया