February 23, 2025, 1:41 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

माघ १६, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं,  : सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरस्थित सडकमा पिपिराबाट बजारतर्फ आउँदै गरेको क.प्र.०२००२ प ७७०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीया साबित्रा थापाको मंगलबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, धनगढीमाई नगरपालिका-१० धनगढी चोकस्थित सडकमा चोहर्बाबाट लहानतर्फ जाँदै गरेको स.१ त ३८४४ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका-६ बडहरा बस्ने २५ वर्षीय सुरेश मुखियाको मंगलबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१६ बिजयनगर चोकस्थित सडकमा नयाँबस्तीबाट बिजयनगरतर्फ जाँदै गरेको ना.५७ प १९४१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१६ बिजयनगर बस्ने ८१ वर्षीया नन्दकला पौडेलको मंगलबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, शिवसताक्षी नगरपालिका-११ झरना पुल नजिक सडकमा प्र.१-०२-००२ च ६४५४ नम्बरको पिकअप र प्र.१-०१-०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी नगरपालिका-९ बस्ने १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया