February 23, 2025, 2:04 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

तराईमा शीतलहरबाट जनजीवन प्रभावित

माघ १५, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

सुन्दरहरैँचा (मोरङ), । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान  महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।

महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ ।

पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।

चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको सुन्दरहरैँचा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताउनुभयो ।

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेको उल्लेख गर्नुभयो ।

न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । केही सर्वसाधारण स्थानीय यहाँ चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन् ।

कठङ्याग्रिँदो चिसोसँगै केही नदेखिने गरी  हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारीचालक सरोज लामिछाने बताउनुहुन्छ ।

जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ ।

चिसोसँगै दम, निमोनिया, रूघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको पूर्वाञ्चल विद्याविद्यालय शिक्षण अस्पताल गोठगाउँले जनाएको छ ।

बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम  विराटनगर आउने  हवाई उडान  खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया