February 23, 2025, 2:19 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

कंगो भिडन्तमा १३ जना शान्ति सैनिक मारिए

माघ १३, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति स्थापनार्थ खटिएका राष्ट्रसंघीय शान्ति सेनाका १३ जना मारिएका छन् । विद्रोही ‘एम ट्वेन्टी थ्री’ समूहसँगको भिडन्तमा उनीहरु मारिएका हुन् ।

संयुक्त राष्ट्र संघका अनुसार नौ जना दक्षिणी अफ्रिकी, तीन जना मलावी र एक जना उरुग्वेका सैनिकको निधन भएको छ । कंगोको गोमा शहरतर्फ अघि बढिरहेको विद्रोही समूहलाई रोक्न लगाउँदा भिडन्त भएको हो ।

विद्रोही लडाकुहरूले कंगोली सेनाका एक जना सैन्य गभर्नरको हत्या गरेपछि झडप बढ्दै गएको छ । कंगोमा नेपाली सेनाका एक हजार एक सय ५१ शान्ति सैनिक तैनाथ छन् । उनीहरू सबै जना सुरक्षित रहेको जनाइएको छ ।

प्रतिक्रिया