February 23, 2025, 2:36 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा कमल डाँगी निर्वाचित

माघ १३, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित हुनुभएको छ ।

कमिटीको उपाध्यक्षमा रामु वली र महिला उपाध्यक्षमा पवित्रा परियार निर्वाचित हुनुभएको छ । सचिवमा देवेन्द्र पौडेल चुनिनुभएको छ । सहसचिव जियाउल मुस्ताफा र कोषाध्यक्षमा दीपेश आचार्य निर्वाचित हुनुभएको छ ।

सदस्यमा क्रमशः धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदीप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली निर्वाचित हुनुभएको छ

प्रतिक्रिया