September 19, 2024, 1:20 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

मन्त्रालयमा नयाँ नयाँ मन्त्री, कर्मचारी र कार्यकर्तालाई स्वागत गर्न ‘सकस’ !

साउन ९, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं । सिंहदरवार होस या प्रदेश तर्फ सरकार परिर्वतनले निजामती कर्मचारीहरुलाई निकै सकस परेको पाइएको छ ।

मन्त्रालयमा नयाँ नयाँमन्त्री, कर्मचारीलाई स्वागत गर्न सकस यस्तै समाचारले कर्मचारीहरु बिच चर्चा चुलिने गरेको छ । नेपालीमा एक उक्ती छ , सबैले ‘बलेको आगो ताप्ने हो।’ त्यहीं भनाइ चरितार्थ भएको छ यतिबेला सिंहदरबार भित्र ।

गत असार १७ गते नेपाली कांग्रेस नेकपा एमालेले सहमति गरेर सरकार बनाउने हल्ला चलेपछि सुनसुन अवस्थामा गुज्रिन रहेको सिंहदरबार नयाँ मन्त्रिमण्डल गठन हुने दिन देखि पशुपतिको जात्रा भनौं या कालिमाटीको तरकारी बजार भरिभराउ  छ सिंहदरबार ।

चौथो पटक प्रधानमन्त्री बन्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरे ।

नवनियुक्त मन्त्रीहरु पनि कार्यभार सम्हाल्नको लागि हस्याङफस्याङ गर्दै आ–आफ्नो मन्त्रालयतिर दौडधूप गरेसँगै सिंहदरबार भित्र भिड बढेको हो । उता कर्मचारी र कार्यकर्ताहरु मन्त्रीलाई स्वागत गर्न भनी फूलका गुच्छासहित माला र खाता बोकेर मन्त्रालयको ढोकामा लाइन लागेका थिए ।

तर, मन्त्री आउन ढिला भएपछि स्वागत गर्न लाइन बसेका कर्मचारी लामो प्रतिक्षा गरिरहेका देखिन्थे । नवनियुक्त वन तथा वतावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वृक्षा रोपण गरेर मात्रै मन्त्रालय छिर्ने भनेपछि स्वागत गर्न बसेका कर्मचारीहरु ढिला भएर ओठतालु सुकाइरहेका थिए । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पनि मन्त्रालय आउन ढिला भएपछि कर्मचारीहरु लामो समय कुर्न वाध्य भएका थिए ।

अझ कृषि तथा पशुपन्छि मन्त्रालयका कर्मचारीहरु नवनियुक्त मन्त्रीको स्वागत गर्नुको साटो उल्टै धर्नामा बसेका कारण मन्त्रीलाई मन्त्रालय छिर्नसमेत समस्या परिरहेको थियो ।

उता नेकपा एमालेबाट मन्त्री भएकाहरु सपथ लिएपछि मन्त्रालय आउनुको साटो सिधैं पार्टी कार्यालय पुगेर मात्रै आ–आफ्नो मन्त्रालयतिर आएका थिए ।

सपथ ग्रहण गरिसकेपछि सिधैं मन्त्रालय नआएर पार्टी कार्यालयतिर गएपछि स्वागतमा बसेका कर्मचारीहरुले लामो प्रतिक्षा गर्नुपरेको थियो ।

प्रधानमन्त्री कार्यलयमा पनि उस्तै भिड बढेको छ ।  गृह,अर्थ र परराष्ट्र मन्त्रालयमा त आज सम्म पनि कर्मचारी,नेता, कार्यकर्ता बधाई र स्वागतमै तल्लिन रहेकाछन् ।

प्रतिक्रिया