February 23, 2025, 6:34 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका

माघ ९, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

काठमाडौं, । भारत महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भयानक रेल दुर्घटना भएको छ। दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा नेपाली पनि परेको हुन सक्ने आशंका गरिएको छ । भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा धेरै नेपाली समेत सवार रहेको बताएका छन् । यद्यपि, यसबारे आधिकारिक जानकारी आइसकेको छैन ।परधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले रेलबाट हाम्फालेका थिए ।

यस क्रममा अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसको रेलले धेरैलाई किच्न पुग्यो। दुर्घटनापछि त्यहाँ रुवाबासी र कोलाहल मच्चिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भएको स्थानमा ठूलो घुम्ती थियो । सेन्ट्रल रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइए अनुसार घुम्तीका कारण यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। र, उनीहरूले भटाभट हाम्फाले ।यो घटनास्थल मुम्बईबाट करिब ४०० किलोमिटर टाढा रहेको छ। पुष्पक एक्सप्रेस (रेल नम्बर १२५३३) लखनउबाट मुम्बई जाँदै थियो । कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस (रेल नम्बर १२६२९) यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको थियो। पुष्पक एक्सप्रेसमा ब्रेक लगाउँदा पांग्राबाट धुवा निस्किएको थियो । जसका कारण आगलागीको हल्ला फैलियो र आतंकित यात्रीहरू रेलबाट हाम फाल्न थाले। जसले ठूलो दुर्घटना निम्त्यायो ।

प्रतिक्रिया