February 23, 2025, 6:10 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक भएको अदालतको ठहर

माघ ११, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

न्युयोर्क –जन्मका आधारमा दिइँदै आएको अमेरिकी नागरिकता रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका विरुद्ध संघीय अदालतले अस्थायी रुपमा रोक लगाएको छ ।

सियाटलका एक न्यायाधिशले ट्रम्पको आदेश असंवैधानिक भएको भन्दै जन्मको आधारमा दिइने नागरिकता रोक्न नपाउने निर्णय गरेको हो ।

न्यायाधीशले आगामी फेब्रुअरीदेखि लागू हुने भनिएको ट्रम्पको आदेश स्पष्ट रूपमा असंवैधानिक रहेको ठहर गर्दै अस्थायी रुपमा लागू नगर्ने फैसला गर्नुभयो ।

हिजो भएको बिहीबार २५ मिनेटको सुनुवाइपछि यसलाई लागू हुनबाट रोक लगाउने आदेश जारी गरिएको हो ।

अमेरिकी संविधानको १४ औं संशोधनको लामो समयदेखिको व्याख्या अन्तर्गत् अमेरिका भित्र जन्मेका लगभग सबैलाई स्वचालित रूपमा नागरिकता दिने प्रावधान छ ।

ट्रम्पले गैरकानुनी वा अस्थायी रूपमा देशमा रहेका आमाबाबुबाट जन्मेका बच्चाहरूको हकमा यो नियम अन्त्य गर्ने अपेक्षा गर्नुभएको छ । एजेन्सी ।

प्रतिक्रिया