February 23, 2025, 6:21 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

तालिबानको घोषणा, ‘दुइ अमेरिकी रिहा गर्दैछौ

माघ ८, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काबुल,  । अफगानिस्तानको तालिबान सरकारले अमेरिकासँगको बन्दी आदानप्रदान सम्झौतामा थुनिएका अमेरिकीहरूलाई रिहा गर्ने घोषणा गरेको छ ।

काबुलमा रहेको तालिबान विदेश मन्त्रालयले अमेरिकी नागरिकको नाम वा कति जनालाई रिहा गरिएको बताएको छैन तर दुई दशकअघि पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा गिरफ्तार गरिएका र क्यालिफोर्नियामा आजीवन कारावासको सजाय भोगिरहेका खान मोहम्मदको लागि साटासाट गरिएको बताएको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्स र संयुक्त राज्य अमेरिकाबीचको व्यापक र फलदायी वार्तापछि अमेरिकी नागरिकको रिहाइको बदलामा अफगान मुजाहिद खान मोहम्मदलाई अमेरिकी जेलबाट रिहा गर्न सहजीकरण गर्ने सम्झौता भएको थियो।

यो जानकारी अफगानिस्तानको बिदेश मन्त्रालयले मंगलबार एक्समार्फत जानकारी दिएको हो ।

प्रतिक्रिया