February 23, 2025, 6:29 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी

माघ ८, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

तेल अभिव, । इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ ।

इजरायलले युद्धविराम पछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो ।

यी बन्धकहरूको नाम रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचर हुन्। टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार रेडक्रसको सहयोगमा तीन जना बन्धकहरूलाई इजरायलमा फिर्ता ल्याइएको थियो।

बन्धकहरू फर्किएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण देशले तपाईंलाई अँगालो हालेको बताएका छन् । युद्बबिराम पछि रिहाई भएका बन्दीहरू देखे पछि प्यालेस्टाइन र इजरायल दुबैमा उत्सव मनाएका छन् ।

युद्धविराम घोषणा भएपछि, इजरायलको कडा नाकाबन्दीको बीचमा ६ सय भन्दा बढी ट्रक मानवीय सहायता बोकेर गाजा पुगेका थिए। प्यालेस्टाइनी नागरिकहरू युद्धग्रस्त क्षेत्रहरूबाट घरहरू निरीक्षण गर्न र आफ्ना आफन्तहरूलाई गाड्न फर्किरहेका छन्।

प्रतिक्रिया