January 22, 2025, 7:08 am
» कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट » अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन

ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ

माघ ८, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

वासिंगटन डिसी,  । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरियो भने ८ सय राष्ट्रिय गार्डहरू पनि रहेका थिए ।

चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि दुई पटक घातक हमला भएको थियो । यसैलाई ध्यानमा राख्दै गोप्य सेवा र अन्य सुरक्षा निकायहरू सबै सम्भावनाका लागि तयार पारिएको थियो । ड्रोन आक्रमण, रासायनिक आक्रमण र रकेट लन्चर आक्रमणजस्ता कुनै पनि आक्रमणलाई विफल पार्न कडा व्यवस्था गरिएको थियो ।

विश्वकै शक्तिशाली राष्ट्रका नेताको सपथ ग्रहण समारोहमा कुनै अप्रिय घटना नहोस् भनेर जमिन देखि आकाशसम्म निगरानी गरिएको थियो भने सपथ ग्रहण समारोहमा जाने क्रममा र सपथ ग्रहण पछि ह्वाइट हाउससम्मका सबै सडक सिल गरियो ।

सपथ लिनुअघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया वासिङ्टनको लाफायेट स्क्वायरस्थित सेन्ट जोन्स एपिस्कोपल चर्च पुगेका थिए भने ट्रम्पले सपथ लिनुअघि रुसी राष्ट्रपति पुटिनले सुरक्षा परिषद्सँग भेट गरेका थिए ।

प्रतिक्रिया