February 27, 2025, 4:11 am
» आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने » हमासले फिर्ता गर्यो थप चार बन्धकको शव » मन्नत छाडेर भाडाको अपार्टमेन्टमा सर्दै शाहरूख खान » यी चिया बिहान बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान » अफगानिस्तानसँग हारेसँगै इङल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

माघ ७, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुए एवम् एसपी गौतम मिश्रले युवकलाई सडकमा ढलेपछि लात्ती बर्साउने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको हो ।

युवकलाई भुजेलले लात्ती बर्साएको भिडियो एक प्रयोगकर्ताले फेसबुकमा हालिदिएपछि भाइरल भएको थियो । त्यसपछि प्रहरीको देशब्यापी विरोध भएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत भुजेलले गत पुस १५ गते राति भरतपुरस्थित बाइपास रोडमा ती युवकलाई निर्घात कुटपिटसहित लात्ती बर्साएका थिए ।

उक्त भिडियो गयरातिदेखि भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

छानबिनका क्रममा पुस १५ गते राति चेकिङमा खटिएका असई भुजेलले ‘माथिको पावर देखाएको’ र ‘फोन गरेको’ भन्दै लात्तीले हानेर ती युवकलाई सडकमा लडाएका थिए । सडकमा लडेका ती युवकमाथि उनले निरन्तर लात्ती बर्साएका भिडियोमा देखिएको छ ।

प्रहरीले बाइपास सडकखण्डमा राति मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा घटना भएको हो । मोटरसाइकल रोकेको अवस्थामा असई भुजेलले ‘फोन गर्ने ?’, ‘माथिको पावर लगाउने ?’ भन्दै ती युवकलाई लात्ती बर्साएका थिए ।

प्रहरीले कुट्न थालेपछि चेकजाँच हुने स्थानबाट केही पर पुगेका ती युवकलाई दौडिँदै गएर भुजेलले लात्ती हानेर ढालेका थिए । लात्तीले हानेर बिजुलीको पोल छेउमा ती युवकलाई ढालेपछि असई भुजेलले लात्ती बर्साएका थिए ।

एसपी गौतम मिश्रले घटनाबारे छानबिन अघि बढिसकेकाले गल्ती गर्नेलाई नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताइसकेका छन् ।

प्रतिक्रिया