February 24, 2025, 9:43 am
» राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

ओलीले गिरीबन्धु टी स्टेटको जग्गासँग आकर्षित हुने अध्यादेश ल्याएको महासचिव गुरुङको आरोप

माघ ७, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गासँग आकर्षित हुनेगरी भूमिसम्बन्धी ऐन ल्याएको आरोप लगाएका छन् ।

आज संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरुङले गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा र प्लटिङ गरी बिक्री वितरण गर्न सकिने गरी भूमिसम्बन्धी अध्यादेश ल्याइएको बताएका हुन् ।

‘गिरीबन्धु टी स्टेटको बारेमा, सट्टापट्टा गर्ने, प्लटिङ गरेर विक्री गर्ने भन्ने प्रकारका बहसहरु सतहमा उठिरहेको बेलामा एकतर्फ गिरीबन्धु टी स्टेटको बहस उठिरहेको अवस्था, अर्कोतर्फ त्यसैलाई आकर्षित हुनेगरी भूमिसम्बन्धी अध्यादेश लिएर आइएको छ । त्यसले गर्दा झन शंका पैदा भएको छ,’-उनले भने ।

विगतको कानुनले हदबन्दीभन्दा बढी जमिन स्वतः सरकारको हुने व्यवस्था गरेपनि अहिलेको उक्त जमिन बेचबिखन, प्लटिङ गर्न पाउने र व्यवसाय गर्न पाउने ढंगले अध्यादेश ल्याइएको उनको दाबी छ । भूमिसम्बन्धी अध्यादेश लोकतान्त्रिक विधि प्रक्रियाको प्रतिकूल रहेको उनले बताए ।

महासचिव गुरुङका अनुसार भूमिसम्बन्धी अध्यादेश २०७८ सालमा सर्वोच्च अदादलको संवैधानिक इजलासले गरेको फैसला र संविधानको स्पिरिटको विरुद्धमा छ । हतारोमा अध्यादेश ल्याउनु पछाडिको सरकारको नियत माथि जनताले प्रश्न गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया