February 24, 2025, 9:44 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

माघ ७, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।

धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् ।

खानेपानी समस्या समाधानका लागि सरकारले प्रबन्ध नगरेको भन्दै मेयर साम्पाङ रुष्ट छन् । उनी यस्तो अवस्थामा खानेपानीमन्त्री यादव र प्रधानमन्त्री ओलीलाई भेट्न रित्तै गाग्री लिएर आएका हुन् ।

उनी मंगलबार उक्त रित्तो गाग्रीसहित प्रधानमन्त्रीसहितलाई भेट्न सिंहदरबार छिर्ने भएका छन् ।

यसअघि आइतबार बिहान धरानको खानेपानी समस्या समाधान माग गर्दै मेयर हर्कसहितले प्रदर्शन गरेका थिए । सोमबार बिहान काठमाडौंतर्फ लाग्नुअघि उनले फेसबुकमा गाग्री लिएर काठमाडौं हिँडेको बताएका थिए ।

‘आन्दोलन गर्न थोत्रे गाग्री बोकेर आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारले’, उनले भनेका थिए ।

पूर्वका सहरहरूमध्ये धरानमा पानीको चर्को अभाव छ । सप्तकोशीको पानी ल्याउने भनिए पनि पर्याप्त बजेट नहुँदा समस्या भएको छ ।

मेयर साम्पाङले धरानमा अहिले कोकाहा खोलाको पानी अस्थायी रुपमा ल्याएका छन् । कोकाहाको पानी ल्याएको पाइप जमिन र रुखमा बाँधिएको छ ।

प्रतिक्रिया