February 27, 2025, 4:24 am
» नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन » रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट » आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने » हमासले फिर्ता गर्यो थप चार बन्धकको शव » मन्नत छाडेर भाडाको अपार्टमेन्टमा सर्दै शाहरूख खान

अधिवक्ता त्रिपाठीमाथि कुटपिट : पक्राउ परिन् झापाकी सीतादेवी राई

माघ ७, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि यही माघ २ गते दिउँसो काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतअगाडि भएको कुटपिट प्रकरणमा झापाकी एक महिला पक्राउ परेकी छन् ।

माघ २ गते पौने ४ बजेको समयमा काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न भएर फरारहरूको खोजीका क्रममा प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर  बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राई पक्राउ परेकी हुन् ।उनलाई सोमबार नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया