February 23, 2025, 5:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

नेपाल डेरी एसोसियसनको २६औं साधारण सभा आज

माघ ७, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं । नेपाल डेरी एसोसियसनको २६औं साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा सोमबार आयोजना हुने भएको छ।
उद्योगीको हकहितमा अग्रसर संस्थाको माघ ७ गते सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान गरिने एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले बताए।
उनले दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी दिए। निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले बताए।

प्रतिक्रिया