February 23, 2025, 6:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बिहेको भोज खाँदा ५७ जना बिरामी

माघ ६, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

धनगढी । डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन्।
जिल्ला प्रहरी कार्यालय, डोटीले शनिबार दुलही पक्षका व्याक्तिहरूले सुजीको हलुवालगायतका खानाका परिकार खाँदा ५७ जना बिरामी भएको जनाएको छ।
बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो। शनिबार बिहेको भोज खाएका ५७ जना बिरामी भएका हुन्।
उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो। बिरामीहरूको रगतको नमुना संकलन गरेर जिल्ला अस्पताल डोटीमा परीक्षणका लागि पठाइएको छ।

प्रतिक्रिया