February 23, 2025, 6:24 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर

माघ ६, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर-टहरा भत्काउन सुरु गरेको छ ।

प्राधिकरणले मापदण्ड विपरीत, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नअपनाई बनाइएका घर-टहरा भत्काउन सुरु गरेको हो ।

सोही क्रममा आइतबार काठमाडौं महानगर वडा नम्बर ७ मालपोत कार्यालय नजिकै रहेको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको छ । अतिक्रमित संरचना अटाउने क्रममा केही व्यक्तिहरूले विरोधसमेत गरेका थिए ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै आम्दानी स्रोतका लागि बनाइएका घर-टहरा भत्काउन सुरु गरिएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले जानकारी दिए ।

बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, पार्टी प्यालेश अस्पताल, विद्यालयलगायतका संरचना बनाउनका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने बताए  ।

प्राधिकरणले स्वीकृति नलिई संरचना बनाइएको पाइएमा संरचना भत्काउनुका साथै कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

मापदण्ड विपरीत संरचना बनाएको पाइए जिल्ला आयुक्तको कार्यालयमा उजुरी दिनसमेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया