February 23, 2025, 6:18 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

पूर्वडीआइजी जोशी अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा पेसी

माघ ६, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएको छ । खरेलको इजलामा जोशीको बयान र थुनछेक बहस हुनेछ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । उनी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया