February 23, 2025, 9:42 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

युद्बबिरामको घोषणा पछि इजरायलद्दारा १२२ प्यालेस्टाइनीको हत्या

माघ ५, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

गाजा,  । हमास र इजरायल बिचको युद्ब भोलीवाट समाप्त हुदैँछ ।

कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्ब बिरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।

तर, युद्बबिराम भएको घोषणा भए पछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको संख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।

हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिला सहित कम्तिमा १२२ प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षाले जनाएको छ ।

सबैभन्दा बढी ९२ जना गाजा सहरमा छन भने १९ जना खान युनिस र १० मध्य गाजामा र दुई जना दक्षिणमा रफाहमा मारिएको उद्धार सेवाका प्रवक्ता महमूद बसालले टेलिग्राममा बताएका छन् ।

उनका अनुसार सो सम्झौतापछि २७० भन्दा बढी प्यालेस्टाइनी पनि घाइते भएका छन् ।

प्रतिक्रिया