February 23, 2025, 10:09 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

युद्बबिराम अनुमोदन गराउन नेतान्याहुलाइ लाग्यो ६ घन्टा

माघ ५, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

तेल अभिव, । इजरायलले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।

इजरायली सरकारले हमाससँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हो, जुन आइतवारबाट सुरु हुने अपेक्षा गरिएको छ।

तीन चरणको सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दीहरूलाई रिहा गर्ने समावेश छ भने बदलामा इजरायली सेनाहरू गाजा पट्टीबाट बिस्तारै फिर्ता हुन सुरू गर्नेछन ।

आइतवार बिहान ८ः३० बजेवाट लागु हुने युद्बबिराम पछि मानवीय सहायताका लागि खाधान्न र स्वास्थ्य सामाग्री बोकेका ट्रकहरू निर्वाध रूपमा प्रवेश गर्न अनुमति दिइने छ।

इजरायली मन्त्रिपरिषद्ले ६ घण्टाभन्दा बढीको बैठक पछि यो सम्झौतामा सहमति जनाएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारका अति दक्षिणपन्थी सदस्यहरूले भने सम्झौताको विपक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया