February 23, 2025, 6:51 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

रुखले किचेर एकको मृत्यु, अर्का घाइते

माघ ५, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्।
घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको हो। उनको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए।
सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएकोमा आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया