January 17, 2025, 10:04 am
» शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल » बिश्वमणी सुबेदीलाइ साधारण सदस्य नै नरहने गरी निष्काषित » संघीय संसदको बिपक्षीले जुटाए सहमति, केही बेरमा पत्रकार सम्मेलन गर्दै » फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री » बारामा एक लाख १८ हजार मेट्रिक टन आलु उत्पादन

हमास-इजरायल सम्झौंता, आइतवारवाट तीन चरणमा सकिने

माघ ४, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

दोहा,  । विगत डेढ वर्षदेखि चलिरहेको इजरायल र हमास युद्द अन्ततः रोकिने संकेत देखिएको छ ।

इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले महत्वपुर्ण भूमिका खेलेका छन् । उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् ।

उनका अनुसार सबै कुरा ठीक भएमा वा यो सम्झौता स्वीकृत भएमा आगामी आइतबारदेखि हमास–इजरायलका बिचको युद्बबिराम लागू हुने बताएका छन् । कतारका प्रधानमन्त्रीले आइतबार देखि इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू हुने भन्दै १५ महिना लामो युद्ध अन्त्यको भएको घोषणासमेत गरेका छन् । इजरायल र हमासले पनि यसको पुष्टि गरेका छन् ।

कतारमा भएको सहमति अनुसार सम्झौताको पहिलो चरणमा हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने देखिएको छ भने जसको बदलामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। र, यसको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गरिनेछ ।

सीएनएनको रिपोर्टका अनुसार युद्धविराम घोषणा हुनेबित्तिकै गाजा र इजरायलबीच बफर जोन बनाइने छ। इजरायलले सीमाबाट २ किलोमिटरसम्मको बफर जोनको माग गर्दै आएको छ भने हमासले सन् २०२३ को अक्टोबरसम्म ३०० देखि ५०० मिटरको बफर जोन चाहेको छ। मध्यवर्ती क्षेत्रबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।

इजरायल र हमासबीचको युद्ध रोक्ने विषयमा अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन तर स्रोतका अनुसार दुई देशबीच यो सम्झौतामा पुग्न केही महत्वपूर्ण शर्त राखिएको छ । यी सर्तहरू पूरा गरेपछि मात्र यो युद्ध रोकिनेछ।

यी सर्तहरूमा इजरायलले हमासलाई आफ्ना सबै बन्धकहरूलाई रिहा गर्न आग्रह गरेको छ। बदलामा हमासले पनि इजरायलसँग आफ्नो हिरासतमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ। स्रोतका अनुसार दुईबीच युद्ध रोक्नको लागि भएको यो सम्झौता सुरुका केही साताका लागि मात्रै हो ।

समाचार अनुसार युद्बबिराम सम्झौता तीन चरणमा लागु हुनेछ । जसअनुसार सम्झौताको पहिलो चरणअन्तर्गत हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। जसमा विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धा समावेश हुनेछन् ।

दोस्रो चरणमा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्नेछ। यस अवधिमा दुबै पक्षले आफ्नो सैन्य कारबाही रोक्नेछन् ।

तेस्रो चरणमा बाँकी रहेका शव फिर्ता गर्ने काम हुनेछ । यसपछि इजिप्ट, कतार र संयुक्त राष्ट्र संघको रेखदेखमा गाजामा पुनर्निर्माणको काम सुरु गरिने जनाइएको छ ।

प्रतिक्रिया