January 22, 2025, 9:59 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

यीनै हुन्, इजरायल र हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’

माघ ४, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

दोहा,  । विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिवारको दिन निकै विशेष रहयो । इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको बताइएको छ ।

उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् । उनले जारी विज्ञप्तिमा सबै कुरा ठीक भएमा र यो सम्झौता स्वीकृत भएमा आगामी आइतबारदेखि लागू हुने बताएका छन् । कतारका प्रधानमन्त्रीले आइतबार देखि इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू हुने भन्दै १५ महिना लामो युद्ध अन्त्यको भएको घोषणा गरेका छन् । इजरायल र हमासले पनि यसको पुष्टि गरेका छन् ।

इजरायल र हमासबीचको यो सम्झौतामा कतारको ठूलो भूमिका रहेको बताइएको छ । यो किन पनि भने कतारका प्रधानमन्त्रीले इजरायल र हमासलाई सम्झौतामा ल्याउन सक्दो प्रयास गरेका थिए। कतारले मात्र यो सम्झौता गर्न सक्नेमा इजरायल विश्वस्त रहेको बताइएको छ । यो सम्झौताका शिल्पकार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी हुन्। यीनै तीनै व्यक्ति हुन, जसले दुवै देशलाई आफ्नो माटोमा राखेर युद्दबिरामका लागि छलफल गर्न बाध्य पार्यो । जसको शब्द बेन्जामिन नेतान्याहु आफैं पनि टार्न सकेनन्।

वास्तवमा इजरायल र हमास दुवैलाई कतारमा विश्वास थियो। कतार इजरायल, अमेरिका र हमाससँग सम्पर्क राख्ने देश हो। कतारको तीनै देशसँग राम्रो व्यापार सम्बन्ध छ तर इजरायल–हमास युद्ध रोक्न अरू धेरै देशले भूमिका खेलेका छन् । यी सबैको बावजुद कतारको भूमिका माथि छ । समाचार अनुसार युद्धविराम सम्झौताका सम्बन्धमा इजरायल र हमासबीच अन्तिम वार्ता जनवरी १४ मा कतारमा भएको थियो। शेख मोहम्मद बिन अब्दुल अल थानीले यो कुराकानीको आयोजना गरेका थिए।

युद्धविरामको घोषणा गर्दा कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा कतार राज्य, अरब गणतन्त्र इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजामा द्वन्द्वका पक्षहरूले बन्धकहरूलाई रिहा गर्न र स्थायी शान्तिको बदलामा दिगो शान्तिमा फर्कन सहमत भएको घोषणा गरेको बताएको छ। बन्धकहरू र कैदीहरूका लागि सम्झौता गरेका छन् ।

प्रतिक्रिया