February 23, 2025, 10:10 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

युद्धविराम सम्झौतालाई मन्जुरी दिन नेतन्याहुले गरे अस्वीकार

माघ ३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

तेल अभिभ, ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले गाजामा हमास र इजरायलबिचको युद्धविराम सम्झौतालाई मन्जुरी दिन अस्वीकार गरेको छ । हमासले अन्तिम क्षणको सङ्कटबाट पछि नहटेसम्म गाजा युद्ध विराम सम्झौता अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक नबस्ने उनले बिहीबार बताएका छन् ।अन्तिम समयमा छुटहरू प्राप्त गर्ने प्रयासमा सम्झौताका केही अंशहरूबाट पछि हटेको आरोप नेतन्याहूको कार्यालयले हमासलाई लगाएको छ । इजरायली मन्त्रिपरिषद्ले बिहीबार सम्झौतालाई अनुमोदन गर्ने भनिएको थियो ।

पहिले पनि नेतान्याहूले व्यक्त गरेका थिए असहमति हमाससँगको युद्ध विराम सम्झौता अझै पूरा भएको छैन र यसलाई अन्तिम रूप दिने काम भइरहेको यसअघि नेतन्याहूले बुधवार अबेर राति भनेका थिए । नेतन्याहूको यो भनाइको केही घण्टाअघि मात्र अमेरिका र कतारले युद्ध विराम सम्झौताको घोषणा गरेका थिए । यसले गाजामा १५ महिना लामो युद्ध अन्त्य गर्ने र ठुलो सङ्ख्यामा बन्धकहरूलाई रिहा गर्ने मार्ग प्रशस्त गर्ने आशा गरिएको थियो ।

सम्झौताको घोषणापछि ठुलो सङ्ख्यामा प्यालेस्टिनीहरू सडकमा उत्रिएर उत्सव मनाएका थिए । एजेन्सी

प्रतिक्रिया