February 23, 2025, 9:37 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

तालिवान सेनामा समिलिङ्गी सबन्ध बढदो, एडस भेटिए पछि खुल्यो रहस्य

माघ ३, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काबुल, । अफगानिस्तानका तालिबान सेनामा एचआईभी पीडितको संख्या बढेको खुलासा भएको छ ।

आफना सेनामा एचआइभी एडस पीडित भेटिए पछि हैरान भएको तालिबान प्रशासनले हालै गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो।

सो छापामारीको क्रममा त्यहाँ दुई जना केटा एक तहखानेमा बन्द अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिबान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन सम्बन्ध राखिरहेको खुलेको थियो ।

अफगान तालिवान सेनाको ‘पुरुषप्रतिको प्रेम’ कारण प्रशासन थप तनावमा परेको जनाइएको छ । किनपनि भने, तालिबान लडाकुहरू बीचमा एचआइभी एड्सबाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
यस सम्बन्धमा तालिबान उच्च कमाण्डले आफ्ना सबै लडाकुहरूलाई मौखिक निर्देशन दिएको छ कि कसैसँग यौनसम्बन्ध राख्नु अघि उनीहरूको मेडिकल जाँच गराउनु पर्छ।

यो छापामारी त्यसबेला भएको हो, जुन बेला काबुलमा केही नयाँ र युवा केटाहरूले आत्महत्या गर्ने प्रयास गरेका थिए  र केहीले आत्महत्यासमेत गरेपछि यो कुरा बाहिर आएको हो ।

सोधपुछका क्रममा ती केटाहरूलाई तालिबानका सदस्यहरूले अपहरण गरी बन्दी बनाएर उनीहरूसँग लामो समयसम्म यौनसम्बन्ध राखेको खुलासा भएको थियो। केही महिनापछि यी केटाहरू घर फर्किए पछि उनीहरूलाई एचआइभी एड्स भएको खुलेको थियो ।

जस पछि तालिबान प्रशासनले गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो, जहाँ दुई केटाहरू एक तहखानेमा यौन बन्दीको अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिबान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन सम्बन्ध राखेका थिए। यी दुवै बालकमा एचआइभी एड्स पनि भेटिएको छ ।

तालिबान प्रशासनले त्यहाँ उपस्थित सबै तालिबानी लडाकुहरूको मेडिकल टेस्ट गरेको र यो रिपोर्ट गोप्य राखिएको बताइएको छ। यसपछि तालिबान प्रशासनले आफ्ना सबै लडाकुहरूलाई भविष्यमा कुनै पनि प्रकारको समस्याको सामना गर्नु नपरोस् भनेर सावधानी अपनाउन निर्देशन दिएको न्युज १८ ले उल्लेख गरेको छ ।

प्रतिक्रिया