February 23, 2025, 10:13 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

पाकिस्तानले भेटायो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी

माघ ३, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

इस्लामबाद,  । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ ।

पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनखानी फेला पारेको जानकारी दिए । उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको अध्ययन थालेपछि त्यहाँ ठूलो परिमाणमा सुन फेला पारेको हो ।

मन्त्री गोर्चानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ रहेको दाबी गरेका छन । उनले सुनको लिलामीका लागि सरकारले नियम बनाएको र एक महिनाभित्र यो प्रक्रिया सुरु हुनेसमेत बताए । यस सम्बन्धमा पाकिस्तानको भूगर्भ सर्वेक्षणले अटकका १२७ स्थानमा नमूना सङ्कलन गरेको थियो ।

उनले यो खोज पाकिस्तानको खनिज सम्पदाको पर्दाफास गर्ने महत्वपूर्ण पाइला भएको र यसले देशलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै आगामी पुस्ताका लागि नयाँ अवसरको सम्भावना पनि सृजना गरेको बताए ।

यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रिय रूपमा कमजोर छ भने सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ। सुनको धेरै सञ्चिति हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनुको प्रमाण पनि हो ।

प्रतिक्रिया