January 15, 2025, 6:52 pm
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद

माघ २, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ। अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीले पाँच दिन म्याद पाएको छ। आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको थियो।उनीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो। केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो।

प्रतिक्रिया