February 24, 2025, 12:44 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

अधिबक्ता त्रिपाठी घटनामा सदस्यको संलग्नता भेटिए रास्वपाले कारबाही गर्ने

माघ २, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं । बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी माथी भएको हातपातको घटनामा राष्टिय स्वतन्त्र पार्टीले चासो ब्यक्त गरेको छ ।

पार्टी सभापति रबि लामिछाने बिरूद्दको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथी हातपात भए पछि रास्वपाले सो घटनामा संलग्न पार्टीका सदस्य भेटिएमा कारबाही गर्ने जनाएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिए कारवाही गर्ने प्रतिबद्ता जनाएका हुन । ‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ’, प्रबक्ता झाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया