February 23, 2025, 9:51 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार

माघ २, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

सियोल,  । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन्  ।

गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन ।

भ्रष्टचार सबन्धी बिषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ ।

‘युनलाई बुधवार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाइ अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने ।

दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध पहिलो पटक यस्तो कारबाही गरिएको जनाइएको छ ।

युनलाई उनको छोटो अवधिको मार्शल ल घोषणासँग सम्बन्धित धेरै आपराधिक अनुसन्धानहरूमा सोधपुछको लागि लगिएको हो । ती आरोप प्रमाणित भएमा आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने छ । बुधवार दिउँसोसम्म यूनले अन्वेषकहरूको प्रश्न वा टिप्पणीको जवाफ दिन अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया