February 23, 2025, 9:44 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

आज विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइँदै

माघ २, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ।
वि.सं. १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ मा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र घर संरचना बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए।
यस दिवसमा भूकम्पमको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ आइरहेको उनको भनाइ छ।
१९९० को भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो। उक्त भूकम्पले ८० हजार घरसहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए।

प्रतिक्रिया