February 23, 2025, 9:36 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत !

माघ १, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

रियो दि जिनरियो- संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ । तीनको आकार प्रकार फरक हुनेदेखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ।

यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजातिको माछा फेला परेको छ । अचम्मको कुरा भनेको यो माछाको दाँत मानिसको जस्तै देखिन्छ ।

ब्राजिलकी एक महिलाले खानको लागि बजारबाट माछा किनेर घरमा ल्याएकी थिइन् । ग्रिलिङका लागि सफा गरिरहेकै बेला अचानक उनको नजर माछाको दाँतमा पर्‍यो । माछाको दाँत देखेर उनको आँखा रसाए किनभने वास्तवमा माछाको दाँत मानिसको जस्तै देखिन्थ्यो, उनले यसअघि कुनै माछाको यस्तो दाँत देखेका थिइनन् ।

त्यसपछि ती महिलाले माछाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिन् । नेटिजन्सले माछाको दाँत सामान्यभन्दा अलि ठूला र मानिसको दाँतको आकारमा भएको पनि पाइन् ।

सामुद्रिक जीव वैज्ञानिकहरूका अनुसार माछाले पानीमा रहेको शेलफिस र अन्य ठोस चीजहरू खानका लागि मानवजस्तै दाँत विकास गर्दै आएको छ । अहिले जीव वैज्ञानिकहरू त्यो माछाको तौल र आकारबारे थप जानकारी सङ्कलनमा व्यस्त रहेको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार त्यस्तो माछा भेट्ने महिलाको नाम पाउला हो । उनी आफ्नो परिवारको खानाको लागि माछा ग्रिल गर्दै थिइन् । यसै क्रममा अचानक उनको नजर माछाको दाँतमा पर्‍यो र ती दाँत सामान्य भन्दा ठूला देखिएका थिए ।

पाउलाले माछाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनले माछालाई मुख खोलेको देखिरहेको थियो । यो भिडियोमा माछाको बङ्गारा र दाँत मानिसको जस्तै देखिए पछि अहिले सर्वत्र चासोका साथ हेरिन थालेको छ ।

प्रतिक्रिया