February 23, 2025, 8:52 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

नवलपरासीमा बालकको आँखा फुटाउने शिक्षकविरुद्ध मुद्दा दायर

पुस २८, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

नवलपरासी। नवलपरासीको प्रतापपुरमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशालाको युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षक सञ्जु चौधरीले पिट्दा आँखामा गम्भीर चोट लागेको थियो ।  मुद्दा दायर भएपछि शिक्षक चाैधरी फरार छिन् ।

पक्राउ पुर्जी लिएर फरार चाैधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए । घटना १८ मंसिरको भए पनि हालैमात्र सार्वजनिक भएको हो ।

चौधरीविरुद्ध ‘कुटपिट अङ्गभङ्ग’ अभियोगमा मुद्दा चलाइएको छ । विद्यालयमा दुई जना बालकले झगडा गरेको भन्दै शिक्षक चाैधरीले प्लास्टिकको लाठीले हान्दा आँखा फुटेको बालकका बुबा नरेन्द्रप्रसाद चौधरीले बताए ।

‘चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएका छन् । छोराको जीवन नै बर्वाद हुने भयो’, चौधरीले भने । बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासी र भैरहवा आँखा अस्पतालहुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो ।

सुरुमा विद्यालयले उपचारमा लागेको रकम दिए पनि मुद्दा प्रक्रिया अघि बढेपछि दिन छाडेको पीडित परिवारको भनाइ छ । बालकको अहिले सिविन नेपालको पहलमा उपचार भइरहेको छ । पाठशालाका प्रिन्सिपल सुजितकुमार गुप्ताले घटना दुःखद भएको बताए ।

प्रतिक्रिया