February 23, 2025, 9:53 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

हङकङको जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा

पुस २८, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

हङकङ,। हङकङको युनलङस्थित जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ।शनिबार साँझ ५ः३० बजेदेखि सल्किएको आगो आइतबार बिहान १०:४० बजे नियन्त्रणमा आएको हो।

युनलङस्थित काइकङ लेङ, पाटह्युङको पहाडी क्षेत्रमा लागेको आगो ताइमो शानबाट काइकङ लेङ क्षेत्रतिर दुई लाइन भएर सल्केको थियो। अग्नि नियन्त्रकहरूले रातभरिको प्रयासपछि बिहान डढेलो नियन्त्रणमा लिएका हुन्।

साथै, बिहान सरकारी उडान सेवाले आगलागी क्षेत्रको माथिबाट पाइन खन्याएको थियो भने नागरिक सहायता सेवा पनि सहयोगका लागि पहाडमा उक्लिएको थियो। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया