February 23, 2025, 8:58 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

साल्ट ट्रेडिङका शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश

पुस २८, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं – देशकै ठूलामध्ये एक व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी)ले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बराबर नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले लाभांश वितरण निर्णय गरेको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भइरहेको कर्पोरेशनको चुक्ता पुँजी हाल ३२ करोड ७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष २०८०/०८१ मा को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने तीन करोड २० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

एसटीसीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७९/०८० मा १५ प्रतिशत बोनस शेयर र २०७८/०७९ मा पाँच प्रतिशत नगद तथा १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा पनि शेयरधनीले १० प्रतिशत नगद लाभांश प्राप्त गरेका थिए ।

६१ वर्षअघि सन्‌ १९६३ मा नुन वितरण गर्न स्थापित कर्पोरेशनले हाल दैनिक उपभोग्य सामग्री, कागज, ग्यास, कोइला, सिमेन्ट र रासायनिक मल बिक्री-वितरण गरिरहेको छ ।

प्रतिक्रिया