February 23, 2025, 10:01 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

जापानमा हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते

पुस २६, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

टोकियो,  : जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा दिउँसो आक्रमण भएको थियो ।

जिजी प्रेसका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । एफएनएनका अनुसार आक्रमणकारी छात्रालाई थप आक्रमण गर्नबाट विश्वविद्यालयका कर्मचारीले रोकेका थिए ।

जापानमा हिंसात्मक अपराधको दुर्लभ यस घटनाको बारेमा प्रहरीले एएफपीसँग तत्काल घटनाको बारेमा बिस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ । जापानमा बन्दूक नियन्त्रणका लागि कडा कानून छ।

एनएचकेको लाइभ फुटेजमा जापानको राजधानीको उपनगरीय माचिडा जिल्लामा रहेको क्याम्पसमा आपतकालिन सवारी साधनहरूको लाइन लागेको र साइरेनसहित रातो निलो बत्ती चम्किरहेको देखिएको छ ।

जापानमा सन् २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यालगायत बेलाबेलामा छुरा प्रहार र कहिलेकाहीं गोली हानाहानका घटनासमेत हुने गरेको छ ।

गत डिसेम्बरमा जापानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको म्याकडोनल्ड रेस्टुरेन्टमा एक जुनियर हाईस्कुलका विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको थियो भने अर्का एक जना घाइते भएका थिए ।

उक्त आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको थियो ।

सन् २०१९ मा जापानको कावासाकी शहरमा एक जना स्कुले छात्रासहित दुई जनाको छुरा प्रहार गरी हत्या गरिएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

उक्त घटनामा ५१ वर्षीय आक्रमणकारीले बालबालिकाको एक समूहमाथि प्रहार गरेका थिए भने घाँटीमा छुरा प्रहार गरेको अनुसन्धानपछि पुष्टि भएको थियो ।

प्रतिक्रिया