February 23, 2025, 9:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना, चालक र सहचालकले गुमाए ज्यान

पुस २६, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

धनकुटा- धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ।

पाख्रीबास नगरपालिका-३ स्थित पाख्रीबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को१ज २६३९ नम्बरको पिकअप ३ वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा चालक पाख्रिबास नगरपालिका-९ उत्तरपानीका का ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान नगरपालिका-५ का २४ वर्षीय प्रमोद मल्लिक छन्।

सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको हो । चालक तामाङलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए।

दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै छ। दुर्घटनामा परेका ३ वटा सुंगुर भने जीवितै छन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

प्रतिक्रिया