February 24, 2025, 12:41 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त

पुस २५, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आोगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराउन थालिएको छ।

डढेलो तीव्र गतिमा फैलिएपछि अमेरिकी सरकारले हलिउड हिल्सस्थित डल्बी थिएटर, हलीउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम रहेका छन ।

डल्बी थिएटर त्यही स्थान हो, जहाँबाट एकाडेमी पुरस्कार समारोह आयोजित गरिन्छ ।

लस एन्जलसमा अहिले आगोका कारण हलिउड आसपासको सडकमा भागदौड मच्चिएको छ । मानिहरू आफ्नो अनुहार छोप्नका लागि कपडाको प्रयोग गरिरहेका छन् । श्वास फेर्ने सजिलो उपायको खोजीमा मानिसहरू लागिरहेका छन् ।

कयौँ मानिसहरू सुटकेस लिएर अन्यत्र जाने कोसिसमा छन् । आगो पुगेको स्थानका सबैजसो सडक ट्राफिकले भरिएका छन् ।

यी सडकमा प्रतिष्ठित हलिउड बुलेवार्ड र हलिउड वाक अफ फेम पनि छन् । केही मानिस भाग्नका लागि गलत बाटो अपनाउँदा फसेका छन् ।

 

प्रतिक्रिया