February 24, 2025, 12:13 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता

पुस २५, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं,  । दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

यसअघि प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा पनि मुद्दा दायर भएको थियो । त्यस कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको हो ।

प्रसाईसहित पाँचथर घर भई झापाको मेचिनगर १३ चारआली बस्ने नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई ६ घर भई झापाको बिर्तामोड बस्ने रामचन्द्र मैनालीलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए ।

प्रसाईं र फुयालबीच पैसा लेनदेनको विषयमा कुराकानी भएको पनि प्रमाण फेला परेको छ ।

प्रतिक्रिया