February 24, 2025, 12:13 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

चीनमा फेरि अर्को भूकम्प

पुस २४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं- चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले देशको उत्तर-पश्चिमी भूभागस्थित चिङ्‍घाइमा उक्त भूकम्प गएको पुष्टि गरेको छ ।

तर उक्त भूकम्पबाट भएको क्षतिबारे केही पनि खुलेको छैन । मंगलबार तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । यो भूकम्पमा १८८ जना घाइते भएका छन् । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

प्रतिक्रिया