February 24, 2025, 12:06 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भूकम्पका कारण नेपालमा १३ जना घाइते

पुस २३, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पका कारण विभिन्न जिल्लामा १३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा ११ घाइते भएका छन् । प्रहरीले भूकम्पका कारण काठमाडौं र काभ्रेमा १-१ जना घाइते भएका जनाएको छ ।

भूकम्पले ओखलढुंगामा ३ घरमा क्षति पुगेको छ । प्रहरीले जसमधये २ घरमा सामान्य क्षति पुगेको छ भने १ घर पूर्ण क्षतिग्रस्त बनेको छ ।

यस्तै सोलुखुम्बुमा ५ घरमा क्षति पुग्दा १ मा आंशिक, १ मा पूर्ण र ३ मा सामान्य क्षति पुगेको छ । संखुवासभामा १, ताप्लेजुङमा ३, सिन्धुपाल्चोकमा १ र रामेछापमा १ घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया