February 24, 2025, 12:43 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

आसामको कोइला खानीमा एक नेपालीसहित नौ कामदार फसे

पुस २३, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

नयाँ दिल्ली : आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीमा एक नेपालीसहित नौ जना मजदुर फसेका छन्।आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले नौसेनाका गोताखोरहरूलाई सहयोगका लागि बोलाइएको बताए। आसाम सरकारले खानीमा फसेका मजदुरहरूको सूची जारी गरेको छ। यी मजदुरमध्ये एक नेपाली रहेको जनाइएको छ।
घटनास्थलमा खटिएको टोलीका अनुसार खानी भित्र करिब सय फिट पानीको रहेको छ। विशाखापट्टनमबाट गोताखोर बोलाइएको छ र उनीहरू छिट्टै यहाँ पुग्ने अपेक्षा गरिएको छ।

कोइला खानीमा सोमबार बिहान ८ बजेतिर कोइला निकाल्न गएका मजदुर खानी भित्र फसेका हुन्। खानीमा बिहानैदेखि केही मजदुर फसेको घटनास्थल नजिकै रहेका एक घाइते मजदुरका आफन्तले बताए।

खानीमा एक्कासी पानी भरिएर दुर्घटना भएको जनाइएको छ। उक्त कोइला खानी करिब ३ सय फिट गहिरो रहेको बताइएको छ। बीबीसी

प्रतिक्रिया