February 24, 2025, 12:36 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी

पुस २३, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं– रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरेको छ ।

रूसले आफ्ना सैनिकहरूले कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरे पनि युक्रेनले दाबीलाई अस्वीकार गरेको छ ।

कुराखोवे सामरिक दृष्टिकोणले रूस–यूक्रेन सीमामा अहम् स्थान मानिन्छ । आइतबार  युक्रेलेन उक्त क्षेत्रमा जवाफी आक्रमण सुरु गरेको थियो । तत्पश्चात नै रूस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेको बीबीसीले जनाएको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा एउटा तस्बिर यतिबेला चर्चामा छ । समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको तस्बिरमा कुराखोवेमा एक सैनिकले रूसको झण्डा उठाएको देखिन्छ ।  तर, बीबीसीले उक्त तस्बिरको पुष्टि हुन नसकेको उल्लेख गरेको छ । युक्रेनको संगठित सेनाका प्रवक्ता भिक्टर त्रिहुबोभले सोमवार बिहानसम्म युक्रेनी सेना कुराखोवेभित्र रूसी सेनासँग युद्ध गरिरहेको बताएका छन् ।

प्रतिक्रिया