February 24, 2025, 12:12 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

तिब्बतमा भूकम्प : उद्धारमा सबै शक्ति लगाउन राष्ट्रपति सीको निर्देशन

पुस २३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पपछि राहत र उद्धारमा सबै शक्ति लगाउन निर्देशन दिएका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मंगलबार मध्यान्ह बेइजिङ र तिब्बतस्थित सरकारी अधिकारीहरूलाई निर्देशन दिँदै राहत र उद्धारमा सबै शक्ति केन्द्रित गर्न भनेका हुन् ।

चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केलको भनेको छ । भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गइसकेको छ । भूकम्पबाट कयौँ घर भत्किएको देखाइए पनि क्षतिको एकीन विवरण आइसकेको छैन ।

‘६.८ रेक्टर स्केलको भूकम्पले तिब्बतमा भएको ठूलो क्षतिपछि राष्ट्रपति सी चिनफिङले उद्धार र राहतकार्यलाई ब्यापक बनाउँदै सबै शक्ति परिचालन गर्न निर्देशन दिनु भएको छ’, सिन्ह्वाले मंगलबार दिउँसो भनेको छ ।

प्रतिक्रिया