February 24, 2025, 12:24 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

तिब्बतको भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

पुस २३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पमा ५३ जनाको मृत्यु भएको छ ।

चीनको सरकारी अनलाइन सीजीटीएनले जनाएअनुसार भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर तिब्बतमा अहिलेसम्म ३८ जना घाइते भएका छन् ।

चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिका विषयमा अहिलेसम्म विस्तृत विवरण नआइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।उद्धार र राहत कार्यमा मार्गदर्शन गर्न बेइजिङबाट कार्यदल पठाइएको सीजीटीएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया