February 24, 2025, 12:04 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

इजरायलका ३४ बन्दी रिहा गर्न हमास तयार

पुस २२, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

गाजा – हमास विद्रोही इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको छ।

हमास इजरायलसँगको युद्धविराम सम्झौताको एक भागका रूपमा ३४ बन्दीलाई रिहा गर्न तयार भएको हो ।

प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बविरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाएपछि मध्यपूर्वमा शान्ति फर्किने अनुमान गरिएको छ।

‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न बन्दी आदानप्रदान सम्झौताको पहिलो चरणको एक भागको रूपमा अनुमोदन गरेको छ,’ एक हमास अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बन्दीको प्रारम्भिक आदानप्रदानमा गाजामा बन्दी रहेकामध्ये ३४ जना महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीहरू रहने जनाइएको छ।

अब युद्धविराम सम्झौता इजरायलको तर्फबाट स्थायी युद्धविराम र गाजाबाट फिर्ता हुने सबालमा कस्तो धारणा राख्छ, अब कैदी आदान प्रदान त्यही व्यवहारमा निर्भर गर्ने जनाइएको छ।

उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतबार हमासले सम्भावित रिहाइका लागि बन्दीहरूको सूची उपलब्ध गराएको बताएको छ।

प्रतिक्रिया